मलेसियामा काेराेना संक्रमणबाट ६७ जनाकाे मृत्यु , विश्वभर धन्नै ८९ हजार

everest kitchen

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ६७ पुगेकाे छ । आज बिहिवार थप २ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ६७ पुगेकाे हाे ।

हालसम्म मलेसियामा ४ हजार २ सय २८ जनामा संक्रमण देखिएकाेमा १ हजार ६ सय ८जनाले स्वास्थ्य लाभ गरेका छन । ७२ जना गम्भीर बिरामी रहेका छन भने बुधबार थप १ सय ९ जना संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ८८ हजार ९ सय ६५ रहेकाे छ भने संक्रमितको सङ्ख्या १५ लाख २४ हजार ८ सय ३३जनामा संक्रमण रहेकाे छ । ३ लाख ३२ हजार ९ सय ८९ जनाले स्वास्थ्य लाभ गरेका छन ।

याे राेगबाट नेपालमा अहिलेसम्म ९ जनामा संक्रमण देखिएकाे छ भने १ जनाले स्वास्थ्य लाभ गरेका छन ।