बहराइनमा काराेना संक्रमित नेपालीको सङ्ख्या २२ पुग्याे

everest kitchen


मनमा । बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या २२ पुगेको छ। बहराइनको मनामास्थित नेपाली दुतावासका अनुसार थप १० जना नेपालीमा कोरोना संक्रमण भएपछि २२ पुगेकाे पुष्टि गरेकाे हाे ।

केहि समयअघि सल्मावाद स्थित एक क्याम्पमा एक जना विदेशी नागरिकमा संक्रमण देखिएपछि ४०० जनालाई क्वारेन्टाइनमा राखिएकाेमा १० जना नेपालीमा संक्रमणकाे पुष्टि एकाे दुतासले अपडेट गरेकाे छ । यसअघि बहराइनमा १२ जना नेपालीमा कोरोना संक्रमण देखिएको थियो । साथै दुतावासले कुनै पनि समस्या भएमा दुतावासमा सम्पर्क गर्न अनुरोध गरेकाे छ ।

बहराइनमा हालसम्म ८ सय ५५ जनामा संक्रमण देखिएकाे छ भने ५ जनाकाे मृत्यु भएकाे छ । ४ सय ९५ जनाले स्वास्थ्य लाभ गरि सकेका छन ।