मलेसियामा ४ सय १६ जना बिदेशी नागरिकमा काेराेना संक्रमण

everest kitchen
सांकेतिक गुगल फाईल फाेटाे

ऐजेन्सि । मलेसियामा हालसम्म ४ सय १६ जना बिदेशीमा काेराेना संक्रमण देखिएकाे छ । मलेसियन स्वास्थ्य मन्त्रालयका महानिर्देशक दातु डाक्टर नुर हिशम अब्दुल्लाहले ४ सय १६ जना विदेशी नागरिकमा काेराेना संक्रमणकाे पुष्टि गरेका हुन ।

महानिर्देशक नुुर हिशमका अनुसार ईन्डाेनेसियाली नागरिक- ५१ जना, भारतीय -३७ जना, म्यानमार-३१ , पाकिस्तानी-२९, फिलिपिन्स -२७ जना, चिनियाँ -२५ र बङलादेशि -१२ जना रहेका छन भने बांकी अन्य मुलुकका रहेकाे स्थानीय अङ्ग्रेजी पत्रिका द स्टार लगायत मलेसियाका राष्ट्रिय समाचार संस्थाहरुले समाचार प्रकाशित गरेका छन ।

साथै मलेसियाले मलेसियामा रहेका शरणार्थीहरुले सरकारले गरिरहेको काेराेना रोकथाम गतिविधिमा समावेश गर्न सकून् भन्ने कुराकाे सुनिश्चितकाे लागि मन्त्रालयले संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोग (UNHCR) सँग मिलेर काम गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मलेसियामा अहिलेसम्म काेराेना संक्रमणबाट मर्नेकाे सङ्ख्या ६७ पुगे पनि विदेशी एक जनाको पनि मृत्यु भएकाे पुष्टि भएकाे छैन । आज बिहिवार थप २ जनाकाे मृत्यु भएकाे थियाे । हालसम्म मलेसियामा ४ हजार २ सय २८ जनामा संक्रमण देखिएकाेमा १ हजार ६ सय ८जनाले स्वास्थ्य लाभ गरेका छन । ७२ जना गम्भीर बिरामी रहेका छन भने बुधबार थप १ सय ९ जना संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मलेसियामा काेराेना संक्रमित विदेशी नागरिकलाई पनि स्थानीय नागरिक साे सरह मलेसिया सरकारले उपचार गरिरहेकाे छ ।