त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा तालिकाहरु स्थगित

everest kitchen

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षाको लागि सार्वजनिक गरेका सबै परीक्षा तालिकाहरु स्थगित गरेको छ । बैशाख र जेठ महिनामा हुने गरी अहिले प्रकाशित भएका परीक्षा तालिकाहरु अर्काे सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको हाे ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिको बिहीबार बसेको बैठकले कोरोना भाइरस (कोभिड–१९)को महामारीलाई मध्यनजर राख्दै यो दुई महिनासम्म सञ्चालन हुनेगरी तोकिएका सबै परीक्षाहरु अर्काे सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको विश्वविद्यालयले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ ।

परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा सञ्चालित वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ साल बैशाख र जेष्ठमा संचालन गरिने विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकाय तर्फका ४ वर्षे वी.एस्सी, बी.बी.एस. र बी.एड. चौथो वर्षका नियमित तथा आंशिक परीक्षाहरु स्थगित गरिएका हुन् ।