कीर्तिपुर नगरले डेरा गरि बस्ने विद्यार्थीलाई पनि राहत दिने

everest kitchen

काठमाडौं । कीर्तिपुर नगरपालिकाले डेरा गरि बसिरहेका विद्यार्थीहरुलाई पनि राहत दिने भएको छ ।

डेरामा बस्ने बिध्यार्थीहरु जाे खाध्यान्न अभाव भएका छन , उनीहरू राहतको लागि नगरले फारम भर्न आग्रह गरेकाे छ । कीर्तिपुर नगरपालिका क्षेत्रमा कोठा भाडामा लिई बसोबास गर्ने र खाद्यान्‍नको अभाव भएका सम्पूर्ण विद्यार्थी वर्गको लागत राख्नु पर्ने भएकोले वडा कर्यालयमा सम्पर्क गर्न एक सुचना जारि गरि जानकारी दिएकाे छ ।

बिध्यार्थीहरुले नगरपालिका  वेभसाईट  मा राखिएको फारम भरी वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेकाे छ । राहत माग गर्ने बिध्यार्थीले भने अनिवार्य  परिचयपत्र र नागरिकताको फोटोकपी  बुझाउनुपर्ने छ।

यहाँ किलिक गर्नुुुुुुहाेस साईटमा जानुहाेस