आफ्नाे चरित्र हत्या गर्न भारतीय मिडियामा अफवाह : जलिम मियाँ

everest kitchen


काठमाडौं । केही भारतीय टिभी च्यानलले पर्साको जगरनाथ गाउँपालिकाका अध्यक्ष जालिम मियाँकाे नाम जाेडेर अफवाह फैलाईएपछि अध्यक्ष मिंयाले आफ्नाे चरित्र हत्या गर्न खाेजिएकाे बताएका छन ।

अध्यक्ष जालिम मियाले आफूमाथि ठूलो षडयन्त्र गरी विरोधी पार्टीका मानिसले अफवाह फैलाएको दावी गरेका छन्। उनलेे भनेका छन ‘मेरो गाउँपालिकाबाट यस्तो किसिमका कोही मानिस पक्राउ परेका छैनन्’, उनले भने, ‘म सधैं पर्साका प्रमुख जिल्ला अधिकारी, पर्सा प्रहरी प्रमुख र जिल्लाका सबै राजनीतिक दलका नेता कार्यकर्तासँग कोरोनाबाट आफ्नो पालिका र जिल्लाका नागरिकलाई कसरी बचाउने सबै बैठकमा सहभागी भइरहेको छु। कसले ममाथि यस्तो आरोप लगायो?’

उनले यसबारे सत्यतथ्य छानविन गरी कार्वाहीका लागि गृह मन्त्रालयसम्म आफैँ अनुरोध गरिरहेको बताए। यो काम आफ्ना विरोधीले गरेको गलत प्रचारबाजीका भरमा भारतका केही मिडिया र मिडियाकर्मीलाई प्रयोग गरेको हुन सक्ने उनले बताए।

केहि भारतीय मिडियाले भारतीय सीमा सुरक्षा बल (एसएबी) कै हवाला दिदै ” नेपालको पर्सा जिल्लाका जगरनाथपुर गाउँपालिकाका जालिम मुखियाले भारतमा कोरोना फैलाउने षडयन्त्र गरिरहेको सूचना आएको दावी गरिएको छ । उनीहरूले ‘अत्यन्त विश्वस्त सूत्रहरुबाट प्राप्त सूचनाअनुसार पर्सा जिल्ला (नेपाल), जानकी टोला, जगन्नाथपुर गाउँका जालिम मुखिया नाम गरेका एक व्यक्ति भारतमा कोरोनाको महामारी फैलाउने योजना बनाइरहेका दावी गरेका छन् । साथै भारतीय मिडियाले जलिम मुखिया नेपालबाट अवैध हातहतियार र नक्कली नोटको भारतमा ओसारपसार गर्नेमा समेत संलग्न रहेका गम्भीर आराेप पनि लगाएका छन् । भारतीय मिडियाका अनुसार लकडाउनका क्रममा विभिन्न मुस्लिम देशमा काम गरिरहेका भारतीय मुस्लिम नागरिक तथा पाकिस्तानी नागरिक लगायत अन्य देशका नागरिकलाई सीमा पार गराउने जिम्मेवारी पनि लिएका छन् र ती मानिसहरुमा काेराेना संक्रमित रहेकाे दावी गरेका छन ।