काेराेनाकाे कारण मलेसियामा ७६ जनाकाे मृत्यु , विश्वभर १ लाखबढिकाे मृत्यु

everest kitchen

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ७६ पुगेकाे छ । आज आईतवार थप ३ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ७६”पुगेकाे हाे ।

हालसम्म मलेसियामा ४ हजार ६ सय ८३ जनामा संक्रमण देखिएकाेमा २ हजार १ सय ८ जनाले स्वास्थ्य लाभ गरेका छन । ७२ जना गम्भीर बिरामी रहेका छन भने आईतवार थप १ सय ५३ जना संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या १ लाख ९ हजार २ सय ८८ रहेकाे छ भने संक्रमितको सङ्ख्या १७ लाख ८७ हजार ६९ जनामा संक्रमण रहेकाे छ । ४ लाख ६ हजार १ सय ९ जनाले स्वास्थ्य लाभ गरेका छन ।

याे राेगबाट नेपालमा अहिलेसम्म १२ जनामा संक्रमण देखिएकाे छ भने १ जनाले स्वास्थ्य लाभ गरेका छन । तीन जना भारतीय नागरिक बिरगंजमा संक्रमित फेला परेका हुन