नयाँ बर्षकाे दिन राष्ट्रिय गान गाउन र ताली बजाउन प्रधानमन्त्रीकाे आह्वान

everest kitchen


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा भोलि नयाँ बर्षाकाे पहिलो दिन राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका छन् ।

यो संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको कार्यक्रममा प्रधानमन्त्री ओलीले पनि समर्थन जनाउँदै यस्ताे आह्वान गरेका हुन । उनले ट्विटरमा स्टाटस शेर गर्दै ग्लोबल कम्प्याक्टकाे अनुरोध मलाई मन पय्राे भन्दै सबैलाई नयाँ वर्षको दिन विहान ८ बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन र तालि बजाउन आह्वान गरेका हुन ।