बागलुङमा ५ सय ८५ जनाकाे य्रापिड टेस्टमध्य एक महिलामा संक्रमण

everest kitchen

काठमाडौ । बागलुङमा एक महिलामा काेराेना संक्रमण देखिएकाे छ । भारतबाट आएकी ती महिलालाई य्रापिड टेस्टमा संक्रमण देखिएकाे हाे ।

बागलुङमा कुल ५ सय ८५ जनामा काेराेनाकाे य्रापिड टेस्ट गर्दा् काठेखाेला गाउँपालिकाकाे एक महिलामा काेराेना संक्रमण देखिएकाे बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले बताए । यधपी र्‍यापिड टेस्टमा काेराेना देखिएपनि स्वाबकाे पुनः परिक्षणकाे रिपोर्टपछि मात्रै एकिन गर्न सकिने उनले बताए ।

ती महिला केहि समय अघि भारतमा तिर्थयात्रा गरेकाे बुझिएकाे छ । महिलाकाे सम्पूर्ण परिवारलाई क्वारेन्टाइनमा राखेर परिक्षण गरिने तयारि गरिएकाे बताईएकाे छ ।