नेपालमा काेराेना संक्रमितकाे सङ्ख्या १४ पुग्याे

everest kitchen

काठमाडौं । नेपालमा काेराेना संक्रमितकाे सङ्ख्या १४ पुगेकाे छ । आज थप एक जना ५५ बर्षीया महिला र राैतहटका एक पुरुषमा संक्रमण पुष्टि भएपछि संक्रमितकाे सङ्ख्या १४ पुगेकाे हाे ।

६५ बर्षिया ती महिलालाई य्रापिड टेस्टमा नेगेटिभ देखिएकाेमा राष्ट्रिय ग्रयाेगशालाकाे पिसिआर टेस्टमा पाेजेटिभ देखिएकाे स्वास्थ्य मन्त्रालय स्राेतले जानकारी दिएकाे छ ।ती महिलाले बिरगंज नाकामा चिया बेच्ने काम गर्थिन भने चैत ९ मा उनीसहित १७ जना कैलाली गएका हुन ।
त्यस्तै राैतहटकाे क्वारेन्टाइनमा रहेका एक पुरुषलाई पनि काेराेना संक्रमणकाे पुष्टि भएपछि उनलाई अस्पताल ल्याउने काम भैरहेकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए ।

यी संगै नेपालमा १४ जनामा काेराेना संक्रमण देखिएकाे छ भने एक जनाले स्वास्थ्य लाभ गरेका छन ।