य्रापिड टेस्टमा पाेजेटिभ देखिएकी महिलाको स्वाब परिक्षणमा नेगेटिभ

everest kitchen

काठमाडौ । बागलुङकी एक महिलामा य्रापिड टेस्टमा काेराेना संक्रमण देखिएकी ती महिलाको पिसिआर टेस्ट नेगेटिभ देखिएकाे छ । भारतबाट आएकी ती महिलालाई य्रापिड टेस्टमा संक्रमण देखिएकाे थियाे ।

बागलुङमा कुल ५ सय ८५ जनामा काेराेनाकाे य्रापिड टेस्ट गर्दा् काठेखाेला गाउँपालिकाकी ६५ बर्षिया एक महिलामा काेराेना संक्रमण देखिएकाे थियाे । यधपी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा स्वाब परीक्षण पछि ‘र्‍यापिड टेष्टमा पोजिटिभ देखिए पनि प्रयोगशालामा स्वाब परीक्षणमा नेगेटिभ देखिएकाे’ गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले  जानकारी दिए । ती महिला केहि समयअघि भारतमा तिर्थयात्रा गएकी थिईन ।

नेपालमा अहिलेसम्म १४ जनामा काेराेना संक्रमण देखिएकाे छ भने १ जनाले स्वास्थ्य लाभ गरेका छन ।