मलेसियामा एमसिओ उलङघनकाे आराेपमा २० जना नेपाली पक्राउ

everest kitchen

क्वालालम्पुर । मलेसिया सरकारले काेराेना भाईरस (काेभिड-१९) राेकथाम तथा नियन्त्रण गर्न लागु गरेकाे आगमन नियन्त्रण आदेश (एमसिओ) उलङघन गरेकाे आराेपमा बिभिन्न समयमा गरि २० जना नेपाली श्रमिकहरु पक्राउ परेका छन ।

गत मार्च ३० तारीखमा मलेसियाको पेनाङ स्थित थिङ चोंङ सडिएन बिएचडिमा कार्यरत पाँच जना नेपाली पक्राउ परेका थिए । पक्राउ पर्नेहरुमा शोम ठकुरी, महेन्द्र राइ, बिजय तामाङ, दिल कुमार चौधरी, पँकज कुमार राय लाई रुम बाहिर निस्नेकाे फेला पारेपछि पक्राउ गरेकाे उक्त कम्पनीमा कार्यरत नेपाली श्रमिकहरुले जानकारी दिएका छन । पक्राउ साथिहरु पक्राउ परेकाे बारेमा कम्पनीलाई जानकारी गराई सकेकाे उनिहरुले बताए ।

त्यस्तै गत मार्च ३१ तारिखमा एमडिआई एसएनडि बिएचडि जोहोरबाट याम बहादुर सिनजालि, स्याम बहादुर सुर्याबन्सी, महेश कुमार उपाध्या, राज कुमार तामाङ्ग, कमाल चालिसे र अर्का थर नखुलेका दिलीप लगायत छ जनालाई पक्राउ गरेकाे साेहि कम्पनीमा कार्यरत उनका सहकर्मी नेपालीहरुले जानकारी दिए ।

यस्तै अप्रिल १ तारीखमा मलेसियाको मलका मजिस्थाना स्थित मिनायक टेक्नोलोजी कम्पनीबाट नेपाली श्रमिकहरु मिङमार डोल्मा तामाङ , मान बहादुर गोम्बा तामाङ , भक्त बहादुर तामाङ , राकेश बालामी पक्राउ परेका छन । साथै एसएलसी टेक्नोलोजी कम्पनी सेलाङ्गोरबाट अप्रिल १ मा सनजिब साहानि लगायत ४ जानालाई पक्राउ गरेको सनजीवका दाजु ले जानकारी दिए ।

मलेसिया सरकारले काेराेना राेकथामकाे लागि गत मार्च १८ देखि आगामी अप्रिल २८ सम्म आगमन नियन्त्रण आदेश (मुभमेन्ट कन्ट्रोल अडर) लागु गरेकाे छ । याे अवधिमा सरकारले ताेकेकाे अत्यावश्यक काम बाहेक बाहिर हिडडुल गरेमा मलेसियन प्रहिले पक्राउ गरि कारबाही प्रक्रिया अघि बढाउन सक्नेछ । एमसिओ उलङघन गरेमा नगद जरिवाना देखि जेल सजाय सम्म पनि हुन सक्ने प्रावधान रहेकाे मलेसियन सरकारले उल्लेख गरेकाे छ ।