अव ति आवश्यक आवागमन पास अनलाइन बाटै

everest kitchen


काठमाडौं । सरकारले काेराेना भाईरस राेकथाम तथा नियन्त्रणकाे लागि जारि गरेकाे लकडाउनकाे समयमा अति आवश्यक पास अनलाइन बाट बितरण गर्ने भएकाे छ ।

गृहमन्त्री रामबहादुर थापाले अनलाइन सिस्टमकाे उद्घाटन गर्दै जनताको अति आवश्यक कामको सुविधाको लागि सरकारले सवारी पास वितरण प्रक्रियालाई नयाँ प्रणालीबाट सुरु गरेको जानकारी दिए । खाद्यान्न ढुवानी, विरामी ओसारपसार, शव बहान र अन्य अति आवश्यक परेको खण्डमा अनलाईनमार्फत फारम भरेर सवारी पास लिन सकिने जानकारी दिएको हो ।

ई–पास लिनका लागि https://epass.moha.gov.np/ मा गएर विवरण भर्नुपर्ने हुन्छ । जिल्ला प्रशासन कार्यालयले आवश्यकताको आधारमा मात्रै ई–पास वितरण गर्नेछ ।