सनसिटि अपार्टमेन्टमा संक्रमित भेटिएपछि कन्ट्याक्ट् ट्रेसिङ र परिक्षण तीब्र गरिदै

everest kitchen


काठमाडौं । काठमाडौंमा काे मनाेहाेरा कागेश्वरि नगरपालिका स्थित सनसिटी अपार्टपेन्टमा बस्दै आएका तीनजनामध्ये दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनाको कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिए । एक जनाकाे रिपोर्टमा भने केहि गडबडी देखिएपछि पुनः स्वाब परिक्षण हुन लागेकाे उनले बताए ।

ती तीन जना एकै परिवारका रहेकाे र हिजो र्यापिड टेस्ट विधिबाट गरिएको परीक्षण गर्दा तीन जनामा पोजेटिभ देखिएपछि पुनः पीसीआर विधिबाट परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा नमुना पठाइएको थियो ।

याे संगै नेपालमा १६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

नयाँ संक्रितहरु काठमाडौंकाे पप्सिकाेला टाउन प्लानिंङ स्थित सनसिटि अपार्टमेन्टमा बसोबास गर्दै आएकाले उक्त अपार्टमेन्टमा बस्ने व्यक्तिहरूको परिक्षण आजैबाट सुरू गरिएको स्वास्थ मन्त्रालयले जानकारी दिएकाे छ । ती व्यक्तिहरु संग संलग्नहरूको कन्ट्याक्ट् ट्रेसिङ पनि सुरू भएको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस देखिएका आमा, छोरा र बुहारी चैत ५ गते बेलायतबाट आएको प्रहरीले जनाएको छ। कोगेश्वरी मनोहरा नगरका अनुसार सोमबार मूलपानीस्थित नगर अस्पतालमा विदेशबाट आएका ३६ को परीक्षण गर्दा ती तीनजनाको ‘रिपोर्ट पोजेटिभ’ आएको थियो ।