मलेसियामा हराएका भनिएका बैतडीका करण साउद मलेसियन प्रहरी हिरासतमा

everest kitchen


क्वालालम्पुर । अप्रिल २ तारीख मलेसियाको पेनाङबाट हराएका भनिएका बैतडी, सुरनाथ गाउपालीका- ७ का करण साउदलाई मलेसियन प्रहरीले पक्राउ गरेकाे खुलेको छ ।

करण पेनाङको कृयटिभ रबर कम्पनीमा कार्यरत थिए । अप्रिल २ तारीख साझ होस्टेलमा साथीहरुसंगै खानपिन गरि साथीहरु सुत्न कोठामा गए पनि उनी किचेनमा बसेर फोनमा कुराकानी गरीरहेका थिए । त्येसै रात उनले होस्टेल बाहिर तरकारी काट्ने २ वटा चक्कु लिएर कसैलाई थाहा नदिइ बाहिर गएको उनका काठमाडौंमा रहेका एक आफन्तलाई म्यासेज पठाएर जानकारी गराएको थिए । त्येस पछि होस्टल नफर्केको कारण अप्रिल ४ तारीख कम्पनिलाई जानकारी गराएको उनी संगै कम्पनीमा कार्यरत नरेश साउदले जानकारी दिए ।

हराएको भनेर खाेजि गरिरहेका करणलाई प्रहरीले मादकपदार्थ सेवन गरेकाे अवस्थामा चक्कुसहित पक्राउ गरेकाे जानकारी आज मङगलबार मात्रै उनी कार्यरत कम्पनीलाई दिएकाे हाे । करणलाई अप्रिल ३ तारिख बिहान प्रहरीले पक्राउ गरि पेनाङ स्थित कुलीम प्रहरी चौकीमा राखेकाे खुलेकाे छ । उनलाई जेलबाट छुटाउनको लागि उनको कम्पनीलाई आग्रह गरिरहेको छौं र हाम्रो तर्फबाट पनि प्रयास गरिरहेकाछौं नेपाली दुतावास मलेसियाका जनसम्पर्क अधिकृत टेक बुढाले बताए ।