मङगलार पाँच जना युवामा आरडीटी टेस्टमा काेराेना पाेजेटिभ

everest kitchen


काठमाडौ । नेपालमा मङगलबार थप पाँच जना युवामा य्रापिड डाईगाेनेष्टिक टेस्ट किटमा काेराेना पाेजेटिभ देखिएको छ ।

मङगलबार दिल्लीको निजामुद्दीन स्थित तबलिकी जमातमा सहभागी भएर फर्केका सप्तरीका आठमध्ये दुईजनामा कोरोना पोजेटिभ देखिएको छ। गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा गरिएको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षणबाट दुई जना कोरोना पोजेटिभ देखिएको हो।

यसअघि मंगलबारै काभ्रेमा दुईजना र धादिङमा एकजना युवकको आरडीटी परीक्षण गर्दा कोरोना देखिएको थियो। काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने तीनजनामा पनि आरडीटी परीक्षणबाटै कोरोना देखिएको थियो। जसमध्ये दुईलाई कोरोना पुष्टि भइसकेको छ। उनीहरु अहिले पाटन अस्पतालको आइसोलेसनमा छन्।

नेपालमा हालसम्म १६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । एक जनाले स्वास्थ्य लाभ गरिसकेका छन ।