विश्वभर २० लाखबढि संक्रमित , १ लाख २६ हजार बढीको मृत्यु

everest kitchen
photo file

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या १ लाख २६ हजार ७ सय ५४ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५१ हजार बढि गम्भीर बिरामी रहेका छन ।

अहिलेसम्म २० लाखबढीमा देखिएकाे संक्रमणमध्य ४ लाख ८५ हजार ५ सय ९७ जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै कारण सबैभन्दा बढि मृत्यु अमरिकामा भएकाे छ । अमेरिकामा हालसम्म २६ हजार ६४ जनाकाे मृत्यु भईसकेकाे छ । अमेरिकामा हालसम्म ६ लाख १४ हजार २ सय ४६ जनामा संक्रमण देखिएकाेमा ५ लाख ४९ हजार ३सय ६२ जनामा सक्रिय संक्रमण रहेकाे छ ।

यसअघि सम्म सबैभन्दा धेरै मृत्यु दर रहेकाे ईटली अमेरिका भन्दा पछाडि रहेकाे छ । ईटलीमा हालसम्म २१ हजार ६७ जनाले ज्यान गुमाएका छन । ईटलीमा १ लाख ६२ हजार बढिमा देखिएकाे संक्रमणमध्य अझै १ लाख ४ हजार बढिमा संक्रमण सक्रिय देखिएकाे छ ।

विश्वकै दाेस्राे संक्रमित रहेकाे सपेनमा १ लाख ७४ हजार ६० मा काेराेना संक्रमित हुदा १८ हजार २ सय ५५ जनाले ज्यान गुमाएका छन । संक्रमणकाे सुरुवाती चपेटा झेलेकाे चीनमा हालसम्म ८२ हजार २ सय ९२ मा संक्रमण हुदा १ हजार १ सय ३७ जनामा मात्रै संक्रमण सक्रिय रहेकाे छ । चीनमा मर्नेको सङ्ख्या ३ हजार ३ सय ४२ रहेको छ ।

विश्वभरि फैलिएको काेराेना नेपालमा हालसम्म १६ जनामा संक्रमण देखिएकाे छ । १ जनाले स्वास्थ्य लाभ गरिसकेका छन । संक्रमित मध्य एक जना राैतहट, चारजना काठमाडौं ,५ जना धनगढी र दुई जना बागलुङमा रहेका छन । धनगढीमा पहिलोपटक एक व्यक्तिबाट अर्को व्यक्तिमा काेराेना सरेकाे हाे भने बिरगंजमा ३ जना भारतीयमा संक्रमण देखिएकाे हाे ।