अत्यावश्यक आैषधि तथा स्वास्थ्य सामाग्री छिटो खरिद गर्न सरकारलाई निर्देशन

everest kitchen


काठमाडौं । प्रतिनिधिसभाकाे शिक्षा तथा स्वास्थ्य समितिले काेराेना भाईरस (काेभिड-१९) काे उपचार तथा राेकथामकाे लागि चाहिने अत्यावश्यक आैषधि तथा स्वास्थ्य सामाग्री छिटो खरिद गर्न सरकारलाई निर्देशन दिएकाे छ ।

भिडियो कन्फरेन्समार्फत बसेको समितिको बैठकले कोरोनाको स्वास्थ्य सामग्री (भ्यान्टिलेटर, पीपीई माक्स, किटलगायत) सामानहरु छिटो खरिद गरी वितरण गर्न सरकारलाई निर्देशन दिएको हो ।

सरकारले काेराेना उपचार तथा राेकथामकाे लागि आवश्यक स्वास्थ्य सामाग्री खरिदकाे जिम्मा नेपाली सेनालाई दिएकाे छ ।