‘घुम्ती परिक्षण शिविर’ शुरु गरौं : नेपाली काङ्ग्रेस

everest kitchen

काठमाडौ । काेराेना भाईरसकाे जाेखिम सामना गर्न नेपाली काङ्ग्रेसले स्वास्थ्य सामग्री, दक्षता र गति बढाउदै घुम्ती परिक्षण शिविर’ शुरु गर्न आह्वान गरेकाे छ । काङ्ग्रेसले दुई पेज लामाे विज्ञप्ति निकाल्दै यस्ताे आह्वान गरेकाे हाे ।

काङ्ग्रेस प्रवक्ता विश्वध प्रकाश शर्मा द्धारा जारि विज्ञप्तिमा भनिएकाे छ :”कोरोना संक्रमणको जोखिम बढेको स्थिति दृष्टिगत गरेर सरकारले लक डाउनको समयावधि थप गर्नुलाई हामीले स्वभाविक रूपमा लिएका छौं । लक डाउनको समय थप्ने तर कोरोनासँग जुध्ने गति र सतर्कताको मात्रा थप्न नसक्ने हो भने लक डाउन गरेर मात्रै कोरोनालाई परास्त गर्न सकिन्न

त्यस्तै काङ्ग्रेसले अत्यावश्यक मेडिकल सामग्री खरिद गर्ने या निश्चित मुलुकबाट मानवीय सहयोगका रूपमा आयात गर्ने कार्यमा अझैपनि ढिलाइ भइरहेको बिषयलाई नेपाली कांग्रेसले गम्भीरता पूर्वक लिएको बताएकाे छ । उसले भनेकाे छ ” परिक्षण गर्ने केन्द्रहरु बिस्तार गरिनु सकारात्मक छ । तर ¥यापिड टेस्टको परिणाम भने विश्वब्यापी रुपमै विश्वसनीय र भरपर्दो नदेखिएको स्थितिमा हामीले पिसिआर विधिको ब्यापकता बढाउन जरुरी छ । नियमित उपचारमा परहेका अस्पतालहरुमै कोरोना परिक्षण र उपचार गर्ने कार्य अत्यधिक जोखिमपूर्ण रहेकोे र त्यसबाट संक्रमणले ब्यापकता पाउन सक्ने कतिपय देशको अनुभव देखिएकोले यसलाई सुधार गर्न काङ्ग्रेसले जाेड दिएकाे छ ।

यस्तै करिब २८ दिन अघि विदेशबाट आएका राजधानीको पेप्सिकोला स्थित सनसिटी अपार्टमेण्टका एक परिवारका दुई सदस्यमा संक्रमण देखेनु र ४० दिन अघि काेरियाबाट आएका धादिङका युवामा काेराेना संक्रमण देख्नु र अन्य सुदुरपश्चिम र तराईमा देखिएका बिभिन्न क्रमलाई मध्यनजर गरेर गम्भीरता साथ लिन नेपाली कांग्रेस अनुरोध गरेकाे छ ।

परिक्षणको दायरा अब निश्चित केन्द्रबाट ‘घुम्ती स्वास्थ शिविर’ को शैलीमा समुदाय समक्ष पु¥याउन अनिवार्य भएको छ । अतः नेपाली कांग्रेस गाउँ तहसम्म ‘घुम्ती परिक्षण शिविर’ चलाउने तयारी तत्काल शुरु गर्न तिनै तहको सरकारलाई युद्धस्तरमा समन्वय साथ कार्य गर्नुका साथै काङ्ग्रेसले देशभरिका नाकामा विशेष कडाइ गर्न विज्ञप्ति मार्फत अपिल गरेकाे छ ।