काभ्रेका तीन युवकमा पिसिआर स्वाब परिक्षणमा काेराेना नेगेटिभ

everest kitchen


काभ्रे । काभ्रेमा वैदेशिक रोजगारीबाट फर्केका दुई युवकमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट गरिएको परीक्षणमा काेराेना पोजिटिभ देखिएका दुई युवककाे पिसिआर स्वाब परिक्षणमा नेगेटिभ देखिएकाे हाे ।

आरडीटी परिक्षणमा संक्रमण देखिएपछि बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका ती युवकहरुलाई धुलिखेल अस्पतालमा आइसोलेसनमा राखिएको थियाे। काभ्रेको बेथानचोक–५ का युवा चैत ९ गते भारतबाट स्वदेश फर्किएका थिए भने मण्डनदेउपुर नगरपालिका–३ का २३ वर्षीय युवा भने चैत ७ गते दुबईबाट फर्किएका थिए। उनीहरू नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा २२ दिन बसेर घर गएका थिए।

त्यस्तै सनसिटि अपार्टमेन्टबाट काभ्रे पुगेका एक युवाकाे पनि पिसिआर स्वाब परिक्षणमा नेगेटिभ देखिएकाे धुलिखेल अस्पतालले जनाएको छ ।