ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या १ लाख ३४ हजार ६ सय ३२ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५१ हजार बढि गम्भीर बिरामी रहेका छन ।
अहिलेसम्म २० लाख ८३ हजार बढीमा देखिएकाे संक्रमणमध्य ५ लाख १० हजार ६ सय ६६ जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै कारण सबैभन्दा बढि मृत्यु अमेरिकामा भएकाे छ । अमेरिकामा हालसम्म २८ हजार ५ सय २९ जनाकाे मृत्यु भईसकेकाे छ । अमेरिकामा हालसम्म ५ लाख ४४ हजार ६ सय ६७ जनामा संक्रमण देखिएकाेमा ५ लाख ६६ हजार ८ सय ५२ जनामा सक्रिय संक्रमण रहेकाे छ ।
यसअघि सम्म सबैभन्दा धेरै मृत्यु दर रहेकाे ईटली अमेरिका भन्दा पछाडि रहेकाे छ । ईटलीमा हालसम्म २१ हजार ६ सय ४५ जनाले ज्यान गुमाएका छन । ईटलीमा १ लाख ६५ हजार बढिमा देखिएकाे संक्रमणमध्य अझै १ लाख ५ हजार बढिमा संक्रमण सक्रिय देखिएकाे छ ।
विश्वकै दाेस्राे संक्रमित रहेकाे सपेनमा १ लाख ७० हजार ६ सय ५९ मा काेराेना संक्रमित हुदा १८ हजार ८ सय १२ जनाले ज्यान गुमाएका छन । संक्रमणकाे सुरुवाती चपेटा झेलेकाे चीनमा हालसम्म ८२ हजार ३ सय ४२ मा संक्रमण हुदा १ हजार १ सय ७ जनामा मात्रै संक्रमण सक्रिय रहेकाे छ । चीनमा मर्नेको सङ्ख्या ३ हजार ३ सय ४२ रहेको छ ।
विश्वभरि फैलिएको काेराेना नेपालमा हालसम्म १६ जनामा संक्रमण देखिएकाे छ । १ जनाले स्वास्थ्य लाभ गरिसकेका छन । संक्रमित मध्य एक जना राैतहट, चारजना काठमाडौं ,५ जना धनगढी र दुई जना बागलुङमा रहेका छन । धनगढीमा पहिलोपटक एक व्यक्तिबाट अर्को व्यक्तिमा काेराेना सरेकाे हाे भने बिरगंजमा ३ जना भारतीयमा संक्रमण देखिएकाे हाे ।