काेराेनाकाे कारण मलेसियामा बिहीबार पनि एकजनाकाे मृत्यु , मृतकको सङ्ख्या ८४

everest kitchen


क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ८४ पुगेकाे छ । आज बिहिवार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ८४ “पुगेकाे हाे । बुधबार र बिहिवार १/१ जनाकाे मृत्यु भएपछि मृत्यु दरमा केहि सुधार देखिएकाे छ ।

हालसम्म मलेसियामा ५ हजार १ सय ८२ जनामा संक्रमण देखिएकाेमा २ हजार ७ सय ६६ जनाले स्वास्थ्य लाभ गरेका छन । ५६ जना गम्भीर बिरामी रहेका छन भने बिहीबार  थप १ सय १० जना संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या १ लाख ३५ हजार २ सय ३० रहेकाे छ भने संक्रमितको सङ्ख्या २० लाख ९१ हजार ५ सय १५ जनामा संक्रमण रहेकाे छ । ५ लाख १६ हजार ८ सय ३१ जनाले स्वास्थ्य लाभ गरेका छन ।

नेपालमा अहिलेसम्म १६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने १ जनाले स्वास्थ्य लाभ गरेका छन ।