समस्यामा परेका र स्वदेश फर्किन चाहाने नेपालीलाई फर्काउन काङ्ग्रेसको माग

everest kitchen

काठमाडौँ । प्रतिपक्षी दल कांग्रेसले विदेशमा रोजगारी र अध्ययनमा रहेका नेपालीलाई स्वदेश फिर्ता हुने वातावरण निर्माण गर्न माग गरेको छ । कांग्रेसको जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराईले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ७ बुॅदे पत्र लेख्दै नेपालीलाई स्वदेश फर्काउने वातावरण निर्माण गर्न माग गरेका हुन ।

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण विदेशमा समस्यामा परेका नेपालीले सरकारको काम कारबाहीले आफ्नो नागरिकताप्रति गर्व गर्न नसकेको उल्लेख गरेका छन्। ‘सरकार के हो? सरकार किन चाहिन्छ? भन्ने कुरा यस्तै महामारीमा राज्यले आफ्ना नागरिकप्रति गर्ने व्यवहारले देखाउने हो,’ भट्टराईले पत्रमा भनेका छन्, ‘राज्यका लागि आफ्ना नागरिक भौगोलिक सिमाभित्र भएका मात्रै होइन, विश्वका जुनसुकै कुनामा रहेका नेपाली राहदानी बोकेका सबैको यो महाव्याधीको समयमा सुरक्षा दिनु राज्यको कर्तव्य हो। तर पछिल्लो समय सरकारको काम कारबाहीले नागरिकहरुले आफ्नो नागरिकताप्रति गर्व गर्न सक्ने वातावरण बनेको देखिएको छैन्।’

गल्फलगायतका मुलुकमा रोजगारीमा रहेका ३० लाखबढि नेपालीहरुले आर्जन गरेको कमाइ बैदेशिक मुद्रा समग्रमा नेपालको अर्थतन्त्रको मेरुदण्ड भएपनि उनीहरुलाई अफ्टेरो पर्दा सरकारले अभिभावकत्व देखाउन नसकेको पत्रमा उल्लेख छ।

नेपालमा रहेका विदेशीलाई सम्बन्धित देशले विमान चार्टड गरेर आफ्नो देशमा लगिसकेपनि नेपाल सरकारले महाकाली पारि सिमामा आएर हामी आफ्नो देशमा पाइला टेक्न चाहन्छौ भन्ने नेपालीलाई प्रहरी लगाएर पारि नै खेद्नु लज्जास्पद भएको उनको भनाइ छ।

‘छिमेकी मुलुक भारतमा रहेका हजारौ नेपालीहरु आफ्नो देश फर्कन चाहन्छन्। उनीहरुलाई नेपाल ल्याउने सरकारको दायित्व हुन्छ कि हुॅदैन,’ भट्टराईले पत्रमा प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्। कोरोनाको कहरमा रहेका अन्य मुलुकहरुले पनि रोजगारी र अध्ययनको सिलसिलामा रहेका नेपाललीलाई स्वदेश फर्कन आग्रह गरेको अवस्थामा नेपालले त्यस विषयमा आवश्यक पहल गर्नु पर्ने पत्रमा उल्लेख छ। कान्तिपुर