चितवनमा काेराेना पाेजेटिभ थप परिक्षण गर्न नमुना काठमाडौं

everest kitchen


चितवन । चितवनको  भरतपुर अस्पतालको आइसोलेसनमा रहेका दुई व्यक्तिमा कोरोना संक्रमण देखिएकाे छ । उनीहरुको पिसिआर परिक्षणमा पाेजेटिभ देखिएकाे हाे ।

भरतपुरमा काेराेना पाेजेटिभ देखिएपनि थप यकिन गर्न स्वाब काठमाडौं पठाइएको  अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताए। भरतपुरकै प्रयोगशालामा गरिएको स्वाबको पीसीआर परीक्षणमा उनीहरूको रिपोर्ट पोजिटिभ देखिएको हो ।

उनीहरू राप्ती नगरपालिकाका बासिन्दा भएको र केहि समयअघि उनीहरु विदेशबाट आएकाे अस्पतालले जनाएको छ ।