जनकपुरमा पैसा यत्रतत्र फालेर दुई महिला भागेपछि

everest kitchen
photo :facebook

जनकपुर । जनकपुरमा दुईजना अपरिचित महिलाहरु पैसा फालेर भागेपछि स्थानीयहरु त्रसित बनेका छन । ती अपरिचित महिलाहरुले १० रुपैयाँका नाेटहरु यत्रतत्र फालेर भागेका हुन ।

स्थानीय बासिन्दाका अनुसार जनकपुरधाम वडा नम्बर ४ मा स्थित महावीर चोकमा हरियो रङगकाे साडि लगाएका महिलाहरुले पैसा फाल्दै हिडेकाे देखेपछि “पैसा किन फालेकाे भनेर साेध्दा ती महिलाहरु भागेका हुन । अपरिचित महिलाले पैसा फालेर भागेपछि काेराेना सार्ने नियत हुने भन्दै स्थानीयहरु त्रसित भएकाे बताएको छ ।

पैसा फालिएका ती स्थानमा प्रहरीले सेनिटाईजर छर्केर चिन्ह लगाएकाे छ । पैसा फाल्ने ती महिला र पैसा टिप्ने केहि मानिसहरुकाे खाेजि भै रहेको प्रहरीले बताएको छ ।