काेराेनाकाे कारण मलेसियामा मर्नेकाे सङ्ख्या ८६ पुग्याे

everest kitchen


क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ८६ पुगेकाे छ । आज शुक्रबार थप २ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ८६”पुगेकाे हाे । बुधबार र बिहिवार १/१ जनाकाे मृत्यु भएकाे थियाे ।

हालसम्म मलेसियामा ५ हजार २ सय ५१ जनामा संक्रमण देखिएकाेमा २ हजार ९ सय ६७ जनाले स्वास्थ्य लाभ गरेका छन । ५१ जना गम्भीर बिरामी रहेका छन भने शुक्रबार थप ६९ जना संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या १ लाख ४७ हजार ३ सय ७६ रहेकाे छ भने संक्रमितको सङ्ख्या २१ लाख ९२ हजार ५ सय ६९ जनामा संक्रमण रहेकाे छ । ५ लाख ५४ हजार ५ सय १९ जनाले स्वास्थ्य लाभ गरेका छन ।

नेपालमा अहिलेसम्म १६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने १ जनाले स्वास्थ्य लाभ गरेका छन ।