गाेरु काटेकाे अभियाेगमा ७ जना पक्राउ

everest kitchen
photo:file of beef

खोटाङ । खाेटाङकाे हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिम मयाङखुमा गोरु काटेको अभियोगमा ७ जना पक्राउ परेका छन् । बिहिवार सांझ गाेरु काटेर भाग लगाएकाे अवस्थामा उनिहरु पक्राउ परेका हुन ।

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम मयाङ्खुमा बिहीबार साँझ साढे ७ बजेतिर स्थानीय ४० वर्षीय देशबहादुर सार्की, ३० वर्षीय हिरा सार्की, २४ वर्षीय सुवाश सार्की,  २२ वर्षीय रवीन सार्की, २९ वर्षीय अमृत सार्की, ४७ वर्षीया सीता सार्की र ४६ वर्षीय लिलाबहादुर खड्कालाई पक्राउ गरिएकाे प्रहरीले जनाएको छ ।

सातै जनालाई  शुक्रबार जिल्ला अदालतमा म्याद थपेर अनुसन्धान सुरु गरिएको  जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारि दिएकाे छ ।