मस्जिदमा लुकेका १२ र चितवनका दुई संक्रमितलाई आईसाेलेसनमा राखिदै

everest kitchen


उदयपुर । उदभुल्केस्थित मस्जिदमा रहेकाहरुमा कोरोना संक्रमन भेटिएपछि उपचारका लागि आइसोलेशनमा लैजाने तयारी भइरहेको छ । पछिल्लो समय मस्जिदका १२ जनालाई संक्रमण भेटिएको खबर आएपछि आइसोलेशनमा लैजाने तयारी भएको सुरक्षा स्रोतले जनाएको छ । उनीहरुलाई विराटनगरस्थित कोरोना हस्पिटल लैजाने सुरक्षा स्रोतले जनाएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु व्यक्तिगत सुरक्षा साधन लगाइ उक्त स्थानमा खटिएका छन् । उनीहरुलाई लैजान एम्बुलेन्स संकलन गरिएको छ ।

एम्बुलेन्समा उच्च सतर्कता अपनाउनुका साथै चालकलाई पनि व्यक्तिगत सुरक्षा साधन प्रयोग गरि पठाउने तयारी भएको हो । सुरक्षा स्रोतका अनुसार स्थानीय प्रशासनले मस्जिदलाई शिलबन्दी गरिसकेको छ । उच्च सुरक्षा र सतर्कताका साथ सुरक्षाकर्मीहरु मस्जिद र भुल्के गाउँका मानिसहरु बाहिर जान नपाउने र अन्य मानिस गाउँभित्र आउन नमिल्ने गरी सुरक्षा निगरानी राखेको छ ।

यस्तो अवस्थामा नागरिकहरुले त्रसित हुने आत्तिने भन्दा पनि उच्च सतर्कता अपनाउने, लकडाउनको पूर्ण पालना गर्न सुरक्षा अधिकारीहरुले अनुरोध गरेका छन् । संक्रमणको हल्ला पछि स्थानीयहरु थप सतर्क बनेका छन् ।

नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका हुन । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । याे संगै नेपालमा संक्रमितको सङ्ख्या ३० पुग्यो