मलेसियामा ३ जना नेपालिमा काेराेना संक्रमण

everest kitchen
मलेसियन स्वास्थ्य मन्त्राायलकाे ट्विटरमा पाेष्ट गरिएकाे तथ्यांक

क्वालालम्पुर । मलेसियामा ३ जना नेपालिमा काेराेना पुष्टि भएकाे छ । मलेसियन सरकारकाे स्वास्थ्य मन्त्रालयले यस्तो पुष्टि गरेकाे हाे ।

मलेसियन सरकारकाे स्वास्थ्य मन्त्रालयकाे अफिसियल ट्वीटरबाट विदेशि नागरिकहरूकाे काेराेना सम्बन्धि जानकारि दिने क्रममा ६०१ जना जम्मा विदेशि नागरिकलाई काेराेना भएकाेमा ३ नेपालिहरू रहेकाे बताईएकाे छ । मलेसियामा काेराेना लाग्ने विदेशि नागरिकहरूमा ईन्डाेनेसिया १०८ जना सहित पहिलाे नम्बरमा छ भने 104 जना फिलिपिन्स ६३ जना बंगलादेसि सहित दाेश्राे र तेश्राे नम्बरमा छन् ।

नेपाली संक्रमितहरूमध्येमा केही निकाे भएर काममा फर्किएपनि बाकिकाे बिषयमा थाहा हुन सकेकाे छैन । यश बिषयमा नेपाल एम्बेसिमा बुझ्दा । मलेसियाकाे स्वास्थ्य मन्त्रालयकाे वेबसाईट नै अाधिकारिक हुने भएकाेले त्यसैलाई अाधार मान्न सकिने जानकारि दिईयाे ।

हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ८६ पुगेकाे छ । मलेसियामा ५ हजार २ सय ५१ जनामा संक्रमण देखिएकाेमा २ हजार ९ सय ६७ जनाले स्वास्थ्य लाभ गरेका छन ।