दाेस्राे काेराेना संक्रमित युवती डिस्चार्ज

everest kitchen

काठमाडौं । दाेस्राे काेराेना संक्रमित युवती डिस्चार्ज भएकी छन । फ्रान्सबाट आएकी ती युवती उपचारपछि निकाे भएर घर फर्केकी हुन ।

गत चैत चार गते फ्रान्सबाट कतारकाे दाेहा हुदै नेपाल आएका ती युवतीलाई चैत १० गते काेराेना संक्रमण पुष्टि भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा राेग अस्पताल टेकुमा भर्ना गरिएकाे थियाे । उनले आफु शनिबार डिस्चार्ज भएकाे सञ्चारमाध्यमलाई जानकारी दिएकी छन ।

ती युवती संगै कतार एयरवेजकाेबाट नेपाल आएका अन्य दुईजना संक्रमित बागलुङमा उपचाररत छन ।

नेपालमा हालसम्म ३० जना संक्रमित फेला परेका छन भने २ जनाले स्वास्थ्य लाभ गरेका छन ।