भुटानी अभिनेत्री उगेन र पाईट साेनाम मात्रै चार्टर्ड उडानबाट भुटान फर्के

everest kitchen

 

काठमाडौं । भुटानी अभिनेत्री उगेन छोदेन र पाईलट साेनाम ताेब्गे चार्टर्ड फ्लाइटमार्फत आफ्नो देश फर्किएका छन् ।उनीहरूलाई उद्धार गर्न शनिबार भुटानको सरकारी ध्वजाबहाक वायुसेवा ड्र्यक एयर काठमाडौं आएर फर्केको छ ।


उनी नेपाली फिल्म ‘२ नम्बरी’मा अभिनय गर्न ८० दिनअघि काठमाडौं आएकी थिइन् भने ववपाईलट साेनाम हिमालय एरलाईन्सका पाईलट हुन । उनीहरु दुई जनालाई मात्रै लिएर काठमाडौंबाट बिहान ९:०० बजे चार्टर्ड जहाज पारो विमानस्थल फर्केको थियो ।

अहिले उनीहरुलाई पारोको ओलाथाङ होटेलकाे क्वारेन्टाइनमा राखिएकाे छ । उनीहरु दुबै जनाले ठमेलकाे त्रिदेवी सडक स्थित रहेकाे सार्ककाे कार्यालयबाट आफुहरुलाई उद्धार गर्न भुटान सरकार संग आग्रह गरेका थिए । उनीहरुकाे आग्रह अनुसार नेपालमा रहेका अन्य भुटानी नागरिककाे खाेजि भएपनि अन्य भुटानीहरु नभएपछि उगेन र साेनाम मात्रै स्वदेश फर्केका हुन ।

भुटानमा हालसम्म ८ हजार १ सय ७ टेस्ट गर्दा जम्मा ५ जनामा संक्रमण देखिएकाे छ भने २ जनाले स्वास्थ लाभ गरिसकेका छन