उदपुरमा फेरि एक जनामा काेराेना , स्थानीयमा त्रास

everest kitchen

काठमाडौ । उदयपुरमा फेरि एक जना ६५ वर्षिया बृद्धमा काेराेना देखिएकाे छ । स्वास्थ्य मन्त्रालयकाे आधिकारिक वेवसाइटमा अध्यावधिक गरेको तथ्यांकअनुसार शनिबार एक जनामा कोरोना संक्रमण देखिएको जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमोयोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले उदयपुरमा थप एक जनामा सङ्क्रमण देखिएको बताए । ती व्यक्ति पनि १२ संक्रमित समुह भित्रकै रहेकाे पुष्टि भएपछि उनि पनि भारतिय भएकाेे बुझिएको  हाेे ।

दिनानुदिन उदयपुरमा काेराेनम संक्रमित भेटिएपछि उदयपुरका स्थानीयमा सन्त्रास उत्पन्न भएकाे स्थानीय सविन राईले बताए । उनले भने यसरि मस्जिदमा त्याे पनि भारतीय नागरिक नेपाल भित्र धमाधम संक्रमित भएकाे भेटिनुले अझै कडाइ गर्नुपर्ने देखिन्छन् । के थाहा भारतीय मिडियाले भनेकाे जस्ताे नेपालमा पनि संक्रमण फैलाउने सडयन्त्र पनि हुन सक्छ ।