बहराइनमा काराेना संक्रमित नेपालीको सङ्ख्या ४९ पुग्याे

everest kitchen


मनमा । बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या ४९ पुगेको छ। बहराइनको मनामास्थित नेपाली दुतावासका अनुसार थप २७ जना नेपालीमा कोरोना संक्रमण भएपछि संक्रमितकाे सङ्ख्या ४९ पुगेकाे पुष्टि गरेकाे हाे ।

यसअघि बहराइनमा २२ जना नेपालीमा काेराेना संक्रमण भएकाे पुष्टि भएकाे थियाे । त्यस्तै केहि समयअघि सल्मावाद स्थित एक क्याम्पमा १० जना नेपालीमा काेराेना संक्रमन देखिएकाे थियाे । बहराइनमा हालसम्म १७ सय ६७ जनामा संक्रमण देखिएकाे छ भने ७ जनाकाे मृत्यु भएकाे छ । १ हजार १९ जनामा अझै संक्रमण सक्रिय रहेकाे छ ।

दूतावासका अनुसार बहराइन सरकारले त्यहाँ बसोबास गर्ने गैरकानुनी कामदारहरूलाई बैधानिक बन्न वा बहरिन छोड्न आग्रह गरेको छ। काेभिड-१९ काे महामारीलाई मध्यनजर गरेर अबैध आप्रवासीलाई २०२० डिसेम्बर सम्म माफि दिएकाे छ ।