प्रहरी पम्पकाे पेट्रोलमा भेटिएकाे पानी चालकले मिसावट गरेकाे पुष्टि

everest kitchen


काठमाडौ । बसुन्धारा- सामाखुसी स्थित प्रहरीकाे महालक्ष्मी फ्युल सेन्टरमा पेट्रोलमा भेटिएको पानि चालकले मिसाएकाे पत्ता लागेकाे छ ।

शुक्रबार उक्त पम्पले थानकोट डिपाेबाट खरिद गरेकाे पेट्राेलमा ना४ख ३१५६ नम्बरका ट्याङकर चालकलेनै पानी मिसावट गरेकाे निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । उनका अनुसार पेट्रोलमा पानी मिसिएको घटनाका बारेमा निगम र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रतिनिधिले छानबिन गर्दा टयाङ्कर चालकले नै पानी मिसाएको पुष्टि भएको हाे ।

चालकलाई कारबाही प्रक्रिया अगाडि बढाई सकेकाे निगमले बताएको छ । पम्पले पेट्रोल झारेपछि परिक्षण गर्दा पेट्रोलमा पानि देएपछि थानकाेट डिपाेलाई जानकारी गराएकाे र बितरण बन्द गरेकाे जनाएको थियाे ।