काेराेनाकाे कारण विदेशमा हालसम्म २८ नेपालीको मृत्यु

everest kitchen

काठमाडौं । विश्वभर फैलिएकाे काेराेना भाईरस (काेभिड-१९) बाट अहिलेसम्म २८ जना नेपालीको मृत्यु भएकाे छ । विभिन्न देशहरुमा कार्यरत नेपाली श्रमिक तथा ग‌ैरआवसीय २८ नेपालीकाे मृत्यु भएकाे एनआरएन जनाएको हाे ।

एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा १७, अमेरिकामा ८, संयुक्त अरब इमिरेट्समा दुई र आयरल्याण्डमा एक जनाको निधन भएको हो । विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक र कूटनीतिक नियोग, एनआरएनका शाखाबाट उक्त तथ्यांक सङकलन गरेकाे बताएको छ ।

विदेश स्थित विभिन्न देशमा रहेका नेपालीहरुमध्ये हालसम्म करिब २ हजार जना संक्रमित रहेकाे आंकडा रहेकाे छ । नेपालमा भने हालसम्म ३१ जनामा संक्रमण देखिएकाे छ भने ३ जना उपचार पछि घर फर्केका छन ।