काेराेना प्रकाेप: विश्वभरि १ लाख ६० हजार बढीको मृत्यु, २३ लाखबढी संक्रमित

everest kitchen

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या १ लाख ६० हजार ७ सय ८३ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५५ हजार बढि गम्भीर बिरामी रहेका छन ।

अहिलेसम्म २३ लाख ३२ हजार बढीमा देखिएकाे संक्रमणमध्य ६ लाख जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै कारण सबैभन्दा बढि मृत्यु अमेरिकामा भएकाे छ । अमेरिकामा हालसम्म ३९ हजार १५ जनाकाे मृत्यु भईसकेकाे छ । अमेरिकामा हालसम्म ७ लाख ३८ हजार ९ सय १३ जनामा संक्रमण देखिएकाेमा ६ लाख ३१ हजार ६ सय १३ जनामा सक्रिय संक्रमण रहेकाे छ ।

यसअघि सम्म सबैभन्दा धेरै मृत्यु दर रहेकाे ईटली अमेरिका भन्दा पछाडि रहेकाे छ । ईटलीमा हालसम्म २३ हजार २ सय २७ जनाले ज्यान गुमाएका छन । ईटलीमा १ लाख ७५ हजार बढिमा देखिएकाे संक्रमणमध्य अझै १ लाख ७ हजार बढिमा संक्रमण सक्रिय देखिएकाे छ ।

विश्वकै दाेस्राे संक्रमित रहेकाे सपेनमा १ लाख ९४ हजार ४ सय १६ मा काेराेना संक्रमित हुदा २० हजार ६ सय ३९ जनाले ज्यान गुमाएका छन । संक्रमणकाे सुरुवाती चपेटा झेलेकाे चीनमा हालसम्म ८२ हजार ७ सय ३५ मा संक्रमण हुदा १ हजार ४१ जनामा मात्रै संक्रमण सक्रिय रहेकाे छ । चीनमा हालसम्म मर्नेको सङ्ख्या ४ हजार ६ सय ३२ रहेको छ ।

विश्वभरि फैलिएको काेराेना नेपालमा हालसम्म ३१ जनामा संक्रमण देखिएकाे छ । ३ जनाले स्वास्थ्य लाभ गरिसकेका छन । संक्रमित मध्य ३ जना बिरगंज , उदयपुर १३ जना, एक जना राैतहट, चारजना काठमाडौं ,५ जना धनगढी र दुई जना बागलुङमा रहेका छन । नेपालमा नेपाली भन्दा धेरै भारतीयमा संक्रित भेटिएका छन ।