काेराेना प्रकाेप: विश्वभरि १ लाख ६५ हजार बढीको मृत्यु, अमेरिका ४० हजार बढी

everest kitchen

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या १ लाख ६५ हजार ६९ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५४ हजार बढि गम्भीर बिरामी रहेका छन ।

अहिलेसम्म २४ लाख ७ हजार बढीमा देखिएकाे संक्रमणमध्य ६ लाख २५ हजार १२७ जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै कारण सबैभन्दा बढि मृत्यु अमेरिकामा भएकाे छ । अमेरिकामा हालसम्म ४० हजार ५ सय ६५ जनाकाे मृत्यु भईसकेकाे छ । अमेरिकामा हालसम्म ७ लाख ६४ हजार २ सय ५६ जनामा संक्रमण देखिएकाेमा ६ लाख ५२ हजार ६ सय ८८ जनामा सक्रिय संक्रमण रहेकाे छ ।

यसअघि सम्म सबैभन्दा धेरै मृत्यु दर रहेकाे ईटली अमेरिका भन्दा पछाडि रहेकाे छ । ईटलीमा हालसम्म २३ हजार ६ सय ६० जनाले ज्यान गुमाएका छन । ईटलीमा १ लाख ७८ हजार बढिमा देखिएकाे संक्रमणमध्य अझै १ लाख ८ हजार बढिमा संक्रमण सक्रिय देखिएकाे छ ।

विश्वकै दाेस्राे संक्रमित रहेकाे सपेनमा १ लाख ९८ हजार ६ सय ७४ मा काेराेना संक्रमित हुदा २० हजार ४ सय ५३ जनाले ज्यान गुमाएका छन । संक्रमणकाे सुरुवाती चपेटा झेलेकाे चीनमा हालसम्म ८२ हजार ७ सय ४७ मा संक्रमण हुदा १ हजार ३१ जनामा मात्रै संक्रमण सक्रिय रहेकाे छ । चीनमा हालसम्म मर्नेको सङ्ख्या ४ हजार ६ सय ३२ रहेको छ ।

विश्वभरि फैलिएको काेराेना नेपालमा हालसम्म ३१ जनामा संक्रमण देखिएकाे छ । ४ जनाले स्वास्थ्य लाभ गरिसकेका छन ।