कोरोना भाइरसको महामारीविरुद्ध एउटा विज्ञ डाक्टरले इमानदारीपूर्वक काम गरिरहँदा सेवासुविधा थपेर मनोबल बढाउनुपर्नेमा स्वास्थ्य मन्त्रालयमा काम गर्न आऊ भन्नु गलत हो । यसमा सरकारभन्दा पनि स्वास्थ्यमन्त्रीको भूमिका छ । संकटको वेलामा राज्यले विज्ञ र डाक्टरहरू कहाँ–कहाँ छन् खोजेर, सुविधामा कन्जुस्याइँ नगरीकन काममा खटाउनुपर्ने हो । तर, खुरुखुरु काम गरिरहेका डा। शेरबहादुर पुनलाई मन्त्रालयमा तानिनु कुनै पनि दृष्टिकोणबाट सही होइन ।
डा। पुनले कोरोना महामारीका विषयमा जनचेतना अभिवृद्धि गर्ने हिसाबबाटै अभिव्यक्तिहरू दिइरहेका थिए । ल मानिलिऊँ अलि बढी नै बोले रे १ त्यसो हुँदा पनि उनलाई ॅयसो नगरौँ, मिलेर काम गर्नुपर्छ’ भनेर सल्लाहमै अघि बढ्न सकिन्थ्यो, कारबाही गर्ने हिसाबमै मन्त्रालयमा बोलाउनु आवश्यक थिएन । पुनले कामै नगरेको वा समस्या मात्रै सिर्जना गरेका थिए भने त्यो पनि मन्त्रालयले बाहिर ल्याउन सक्नुपथ्र्यो ।
डा। पुनलाई कारबाही नै गर्न खोजेको देखिन्छ । तर, यो कुरा छरपस्ट भएपछि बदनाम हुने डरले स्वास्थ्य मन्त्रालयले ॅफेस सेभिङ’ गर्न खोज्यो । सरकारलाई अप्ठ्यारो पर्ने भएपछि उनलाई दबाब दिएर विज्ञप्ति सार्वजनिक गर्न लगाएजस्तोे देखिन्छ ।
अहिले संसारभरि नै स्वास्थ्यकर्मीलाई प्रोत्साहित गरिएको छ । उनीहरूको मनोबल बढाउने गरी सेवासुविधाको विशेष व्यवस्था गरिएको छ । तर, नेपालमा यसअघिका केही घटनासमेतले डाक्टरहरू नै हतोत्साहित हुने स्थिति बन्यो, जुन गलत हो । याे टिप्पणी नयाँपत्रिका दैनिकले छापेकाे छ।