पूर्वसचिव द्वारिका ढुंगेलको टिप्पणी : बदनाम हुने डरले स्वास्थ्य मन्त्रालयले ॅफेस सेभिङ’ गर्‍यो

everest kitchen

कोरोना भाइरसको महामारीविरुद्ध एउटा विज्ञ डाक्टरले इमानदारीपूर्वक काम गरिरहँदा सेवासुविधा थपेर मनोबल बढाउनुपर्नेमा स्वास्थ्य मन्त्रालयमा काम गर्न आऊ भन्नु गलत हो । यसमा सरकारभन्दा पनि स्वास्थ्यमन्त्रीको भूमिका छ । संकटको वेलामा राज्यले विज्ञ र डाक्टरहरू कहाँ–कहाँ छन् खोजेर, सुविधामा कन्जुस्याइँ नगरीकन काममा खटाउनुपर्ने हो । तर, खुरुखुरु काम गरिरहेका डा। शेरबहादुर पुनलाई मन्त्रालयमा तानिनु कुनै पनि दृष्टिकोणबाट सही होइन ।

डा। पुनले कोरोना महामारीका विषयमा जनचेतना अभिवृद्धि गर्ने हिसाबबाटै अभिव्यक्तिहरू दिइरहेका थिए । ल मानिलिऊँ अलि बढी नै बोले रे १ त्यसो हुँदा पनि उनलाई ॅयसो नगरौँ, मिलेर काम गर्नुपर्छ’ भनेर सल्लाहमै अघि बढ्न सकिन्थ्यो, कारबाही गर्ने हिसाबमै मन्त्रालयमा बोलाउनु आवश्यक थिएन । पुनले कामै नगरेको वा समस्या मात्रै सिर्जना गरेका थिए भने त्यो पनि मन्त्रालयले बाहिर ल्याउन सक्नुपथ्र्यो ।

डा। पुनलाई कारबाही नै गर्न खोजेको देखिन्छ । तर, यो कुरा छरपस्ट भएपछि बदनाम हुने डरले स्वास्थ्य मन्त्रालयले ॅफेस सेभिङ’ गर्न खोज्यो । सरकारलाई अप्ठ्यारो पर्ने भएपछि उनलाई दबाब दिएर विज्ञप्ति सार्वजनिक गर्न लगाएजस्तोे देखिन्छ ।

अहिले संसारभरि नै स्वास्थ्यकर्मीलाई प्रोत्साहित गरिएको छ । उनीहरूको मनोबल बढाउने गरी सेवासुविधाको विशेष व्यवस्था गरिएको छ । तर, नेपालमा यसअघिका केही घटनासमेतले डाक्टरहरू नै हतोत्साहित हुने स्थिति बन्यो, जुन गलत हो । याे टिप्पणी नयाँपत्रिका दैनिकले छापेकाे छ।