मलेसियाले अबैधानिक विदेशीलाई के गर्ला ?

everest kitchen

क्वालालम्पुर । मलेसियाले विदेशी कामदारहरुकाे सामुहिक परिक्षण गर्ने तयारि थालेकाे छ । तर, मलेसियामा रहेका अबैधानिक विदेशिहरूकाे बिषयमा भने बहश सुरू भएकाे छ । बैधानिक कामदारहरुले काेराेना नियन्त्रणमा सहभागी हुन सामुहिक परिक्षण गर्न आउन सक्छन् तर अबैधानिकहरु भने आउन नसक्ने र यस्ताले झन समस्या उत्पन्न गर्ने सक्ने भन्दै अबैधानिककाे लागि बिकल्प खाेज्न त्यहाँ स्थित राेजदाताहरुले सरकारलाई सुझाब दिएका छन ।

मलेसियाकाे राष्ट्रिय दैनिक अङ्ग्रेजी पत्रिका द स्टारमा फातिमा जाईनलले एक रिपोर्ट तयार गर्दै मलेसियाली राेजगारदाता महासंघ (एमईएफ) का कार्यकारी निर्देशक दतुक शमसुद्दीन बर्दनलाई यस बिषयमा चासाे राखेकी छिन । निर्देशक शमसुद्दिनले भनेका छन ” अवैधानिक हैसियतमा रहेका बिरामीहरुमा भाइरसको फैलावट नियन्त्रण गर्न र ट्र्याक गर्न गाह्रो छ । किनकि उनीहरु कुनै पनि प्रकारको चिकित्सा बीमामा आउँदैनन् ।

जलान मस्जित ईन्डिया जस्ता धार्मिक स्थानहरुमा उनीहरु बस्न सक्छन् । उनका अनुसार धन्डै ३३ लाख अबैधानिक विदेशी कामदार र २२ लाख बैधानिक विदेशी कामदारले मलेसियामा काम गर्छन । यसकाे मतलब प्रत्येक एक बैधानिक विदेशी कामदारमा १.५ प्रतिशत जति अबैधानिक विदेशीहरु रहेकाे उल्लेख गर्दै गैरकानुनी विदेशीहरुमा काेराेना फैलिन राेक्न र नयाँ कदम चाल्न सरकारलाई उनले सुझाएका छन ।

साथै निर्देशक शमससद्दिनका अनुसार सामाजिक सुरक्षा संगठन (साेक्साे) मा ७ लाख अबैधानिक कामदारहरु दर्ता भएका छन । उनीहरु परिक्षणकाे लागि याेग्य छन । परिक्षण गर्दा लाग्ने खर्च वक्ति स्वयं वा साेक्साेले बेहाेर्दा सहज हुने बताए ।

त्यस्तै मलेसियामा अबैधानिक कामदार मात्रै नभएर करिब १ लाख ८० हजार शरणार्थीहरु रहेका छन । मलेसियामा काेराेना राेकथाम तथा नियन्त्रणमा शरणार्थी सम्बन्धि काम गर्ने अन्तर्राष्ट्रिय संस्था यूएनएचसीआर र यसका गैरसरकारी संस्था साझेदारहरूले जिल्ला स्वास्थ्य अधिकारीहरूसँग मिलेर कोविड-१९ बिरुद्ध काम गरिरहेकाे बताएको छ ।

मलेसियामा करिब ४ लाख बढि नेपालीहरु श्रमिककाे रुपमा रहेका छन भने हजारौंकाे सङ्ख्यामा अबैधानिक कामदारहरु पनि रहेकाे अाङकलन गरिदै आएको छ ।
लाखौं नेपाली रहेकाे मुलुक मलेसियामा रहेकाे नेपाली दुतावास मलेसियाले याे अवस्थामा नेपाली नागरिकहरुकाे लागि समन्वयकारि भुमिका खेल्नुपर्नेछ भने नेपाली स्वयंले सतर्कता अपनाउन जरुरि देखिन्छ ।

हालसम्म मलेसियामा ५ हजार ३ सय ८१ जनामा काेराेना संक्रमण हुदा ६०१ विदेशी संक्रमित रहेका छन, भने ३ विदेशी सहित ८९ जनाले ज्यान गुमाएका छन ।