रुकुम पश्चिम त्रिवेणी गाउँपालिकाले माग्याे घर फर्किन चाहानेकाे तथ्यांक

everest kitchen

काठमाडौ । रुकुम (पश्चिम ) त्रिवेणी गाउँपालिकाले जिल्ला बाहिर रहेका घर फर्किन चाहने आफ्ना गाउँपालिका भित्र बसाेकास गर्ने नागरिककाे तथ्यांक माग गरेकाे छ ।

गाउँपालिकाले एक सुचना जारि गरणदै मङगल सांझ सम्म नाम र सङ्ख्या टिपाउन अनुरोध गरेकाे छ । गाउँपालिका सचिव पुस्कराज वलीका अनुसार संघिय सांसद जनार्दन शर्मा र प्रदेशका सांसदकाे बिशेष पहलमा गाउँ फर्किन चाहाने नागरिकहरुलाई सहज तरिकाले गाउँ फर्काउन व्यवस्थापन गर्न लागिएको बताए । यधपी सङ्ख्या कती हुने र कहाँ-कहाँ भन्ने बारे स्पष्ट भैसकेपछि केन्द्र सरकारले फर्किन दिएकाे खण्डमा लकडाउन उलङघन नहुने गरि गाउँ फर्काउने व्यवस्था गर्न लागेकाे बताएको छ ।

यसअघि रुकुम पश्चिमबाट विजयी पुुुुुुुुुुुुुुर्वगृहमन्त्री  तथा सांसद जनार्दन शर्माले बिभिन्न स्थानमा अलपत्र आफ्ना जिल्लावासिकाे उद्धार गरेका थिए ।