ज्ञानेन्द्र शाही ललितपुर प्रहरी नियन्त्रणमा

everest kitchen

काठमाडौं । ज्ञानेन्द्र शाहीलाई ललितपुर प्रहरीले पक्राउ परेको छ। लकडाउन उल्लंघनको आरोपमा प्रहरीले पक्राउ गरेकाे बताएको छ ।

लकडाउन उल्लंघन गरेपछि शाहीलाई ललितपुरको सुनाकोठीबाटबाट मंगलबार नियन्त्रणमा लिएको प्रहरी परिसर ललितपुरका एसएसपी टेक राईले जानकारी दिए। लकडाउन उल्लंघन गरेर शाहीले के गरे भन्नेबारे भने प्रहरीले केही खुलाएको छैन। यधपी केहिदिन अघि साहिले राहत बडदै हिडेका थिए । राहत नबाडन ललितपुर प्रहरीले भनेकाे छ भनेर स्वयं ज्ञानेन्द्र शाहीले फेसबुक लाईभबाट बताएका थिए ।

साहिलाई पक्राउ गर्न दुईपटक गरि उनी बस्ने घरमा प्रहरी पुगेपछि स्थानीय तथा घरबेटी बिराेध जनाएका थिए । ज्ञानेन्द्र शाहि नभेटिएपछि उनका घरबेटीलाई नै प्रहरीले साेधपुछका लागि प्रहरी परिसर ललितपुर लिएको थियाे ।

प्रहरी नियन्त्रणमा रहेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। तर शाहीले लकडाउन उलङघन गरेर के कति गल्ति गरे भन्ने बारे खुलाईएकाे छैन । यधपी स्वयं शाहीका अनुसार राहत बाडेकाे निहुँमा पक्राउ गर्न खाेजिएकाे र पक्राउ गरिएकाे भन्दै आईरहेका छन ।