औषधी खाने की, खाना खाने ? एक पैसा छैन (हस्पिटलबाट बिमलाकाे राेदन)

everest kitchen

फाेटाे साैजन्य : सिता तुम्खेवा

काठमाडौं, १० वैशाख । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ रोकथामको लागि संसारभर लकडाउन भएको छ । नेपालमा पनि विगत १ महिनादेखि लकडाउन भएको छ, र यो अवस्था झनै बढ्दो छ ।

लकडाउनले गर्दा दैनिक अस्पताल धाउनुपर्ने, डायलासिस गर्न लगिरहनुपर्ने विरामीलाई निकै अप्ठ्यारो परिरहेको छ । त्यस्तै अवस्था भएको छ, साबिक पासोराङ गाविस रोल्पाकी बिमला पुन मगरलाई । ३६ वर्षीय विमाला लामो समयदेखि मृगौला पीडित हुन् ।

उनको दुवै मृगौलाले काम गर्दैन र विगत २ बर्षदेखि काठमाडौमै बसेर मृगौलाको डायलासिस गराउदै आइरहेकी छिन् । उनको एउटा छोरी पनि छ । कोरोना भाइरसको महामारीसँगै नेपालमा भएको लकडाउनका कारण धेरैले सुरक्षीत महसुस गरेका छन् तर बिमलाको पीडा भने बेग्लै छ ।

बिमलाको श्रीमान् वैदेशिक रोजगारीको शिलशिलामा बिदेश गएका थिए । उनलाई रोगले आक्रमण गरेसँगै श्रीमान् नेपाल फर्किए र श्रीमती र छोरीको हेरचाह गर्न सुरु गरे । कमाएको जति उपचारमा खर्च भयो । कहिले ऋण काडेर, कहिले जेनतेन काम गरेर उपचार खर्च जुटाउदै आइरहेका थिए । भनिन्छ, दशा बाजा बजाएर आउदैन । त्यसै कोरोना भाइरस उनको परिवारको लागि झन् ठूलो दशा बनेर आयो । अहिले न ऋण खोज्दा पाइन्छ न काम !

सरकारले १५ केजि चामल, १ पोका नुन, १ लिटर तेल, १ केजि चिनी र दाल १ केजि राहत दिएको थियो । उक्त राहतले खानलाई केही दिनलाई राहत त मिल्यो तर उपचारको लागि एक पैसा छैन । बिमला सुनाउछिन् ।

‘हप्ताको २ पटक डायलासिस गर्नुपर्छ । औषधिहरू किन्नुपर्छ । यतिबेला घर खर्चसम्म छैन औषधी केले खाने ?’ उनको थप गुनासो छ ।

काठमाडौको गोलढुंगामा बसाइ भएकोले अस्पतालसम्म जाँदा ट्याक्सीबाट जानुपर्ने, सार्वजनिक बस नचलेपछि सामाजिक सञ्जालमार्फत सहयोगको अपेक्षा पनि गरेकी छिन् ।

विमलाले काठमाडौको किड्नी सेन्टरमा नियमित डायलासिस्स गराउदै आइरहेकी छिन् । nayaonline