चीनले नेपालीलाई  स्वाथ्य सामाग्री सहयोग  हस्तारण गय्राे

everest kitchen


काठमाडौं । नेपाललाई बुधबार चीनले स्वाथ्य सामाग्री सहयोग  हस्तारण गरेकाे छ । चीनकाे सिचाङ स्वायत्त क्षेत्रले उक्त सामाग्री हस्तान्तरण गरेकाे हाे ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार सिचाङ स्वायत्त क्षेत्रले सहयोग गरेको स्वास्थ्य सामग्रीहरुमा १० हजार एन–९५ मास्क, १० हजार पीपीई (व्यक्तिगत सुरक्षा सामग्री), एक हजार इन्फारेड थर्मोमिटर, दुई वटा कोरोना भाइरस परीक्षण गर्ने पीसीआर मेसिन,२० हजार कोरोना भाइरस प्ररीक्षण गर्ने किट्स र ५० बक्स किटाणुनाशक रसायन चीनिया पक्षले नेपाली पक्षलाई हस्तान्तरण गरेकाे बताएका छन ।


यस्तै भारत सरकारले पनि नेपाललाई काेराेना उपचारमा प्रयाेग गर्ने २३ टन आैषधि स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भारतीय राजदूत द्धारा हस्तान्तरण भएकाे प्रवक्ता देवकोटाले जानकारी दिए । उक्त आैषधी चरण वद्धरुपमा उपलब्ध हुने उनले बताए ।

फाेटाे: चिनियाँ राजदुतावास