कुवेतमा काेराेना संक्रमित नेपालीको सङ्ख्या २९ पुग्याे

everest kitchen
photo : file

काठमाडौ । कुवेतमा  काेराेना संक्रमित नेपालीको सङ्ख्या २९ पुगेकाे छ । बुधबार थप ५ जनामा काेराेना देखिएपछि संक्रमित नेपालीको सङ्ख्या २९ पुगेकाे हाे ।

हालसम्म कुवेतमा संक्रमितको संख्या २२ सय ४८ रहेको छ भने १३ जनाले ज्यान गुमाएका छन । कुवेतमा ४४३ जनाले अहिलेसम्म स्वास्थ्य लाभ गरेका छन ।

अहिले कुवेतमा १ हजार ७९२ जनामा संक्रिय संक्रमण रहेकाे छ। त्यहाँ आप्रवासीमध्ये  सबैभन्दा धेरै भारतीय नागरिकमा काेराेना संक्रमण रहेकाे छ ।