पूर्वसचीव भिम उपाध्यायलाई साईबर मुद्दा चलाईने

everest kitchen

काठमाडौं । पूर्वसचीव भिम उपाध्याय पक्राउ परेकाे खबर प्राप्त भएकाे छ । उपाध्यायलाई बुधबार सांझ ललितपुरबाट पक्राउ गरिएकाे बताएको छ ।

उनलाई प्रहरीको केन्द्रीय साइबर ब्युरोले उनलाई नियन्त्रणमा लिई साईबर अपराध अन्तर्गत मुद्दा चलाउने एक प्रहरी अधिकृतले जानकारी दिएका छन । उनलाई आजै हिरासत थप गरेर मुद्दा अगाडि बढाउने कार्य भैरहेकाे हाे ।

सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीका कटु आलोचक उपाध्यायले फेसबुकमा भ्रमपूर्ण टिप्पणी गरेको बताइएको छ। स्राेतका अनुसार उनले प्राधानमन्त्री ओली र केहि मन्त्रीहरुलाई गली गलाैज गरिएकाे आराेप छ । उनलाई पक्राउ गरेर अहिले महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा राखिएको छ।

यसअघि एकजना सरकारका अर्का आलाेचक ज्ञानेन्द्र शाही पनि पक्राउ परेका छन । उनलेे सरकारकाे निर्देशनकाे अटेर गरेर राहत बाढेका थिए ।