ओलीले अध्यादेश फिर्ता लिने बारे गरे छलफल सुरु

everest kitchen


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिन सकारात्मक भएकाे बताएको छ । बिहीबार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहासँगको छलफलमा अध्यादेशले नकारात्मक असर गरेकाे महशुस गरेका प्रधानमन्त्री ओलीले अध्यादेश  फिर्ता लिन तयार भएको नेकपा उच्च स्रोतले बतायो ।

साथै ओलीले  पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाललाई पनि भेट गरेका थिए । भेटमा नेपालले ओलीलाई अध्यादेश फिर्ता लिन सुझाएका थिए ।

राष्ट्रपति कार्यालयले पनि बिहीबार नै केही कानुन व्यवसायीलाई अध्यादेश फिर्ता लिने बारे छलफल गरेको छ। प्रधानमन्त्रीले पार्टीका शीर्ष नेता र निकट कानुन व्यवसायीहरुसँग यस विषयमा छलफल पनि थालेका छन ।

विवाद स्पद अध्यादेशकाे पार्टी भित्रै पनि चर्काे आलोचना भएकाे र प्रतिपक्ष दलले पनि कडा बिराेध जनाएका थिए ।