काेराेना: विश्वभरि २६ लाख ४५ हजारबढि संक्रमित , एक १लाख ८४हजार बढीको मृत्यु

everest kitchen
तस्बिर : राेर्यटस

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या एक लाख ८४ हजार ३२५ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५७ हजार बढि गम्भीर बिरामी रहेका छन ।

अहिलेसम्म २६ लाख ४५ हजार बढीमा देखिएकाे संक्रमणमध्य ७ लाख २३हजार १८८जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै कारण सबैभन्दा बढि मृत्यु अमेरिकामा भएकाे छ । अमेरिकामा हालसम्म ४७ हजार ६८१ जनाकाे मृत्यु भईसकेकाे छ । अमेरिकामा हालसम्म ८ लाख ४९ हजार ९२ जनामा संक्रमण देखिएकाेमा ७ लाख १७ हजार ३६१ जनामा सक्रिय संक्रमण रहेकाे छ ।

यसअघि सम्म सबैभन्दा धेरै मृत्यु दर रहेकाे ईटली अमेरिका भन्दा पछाडि रहेकाे छ । ईटलीमा हालसम्म २५ हजार ८५जनाले ज्यान गुमाएका छन । ईटलीमा १ लाख ८७ हजार बढिमा देखिएकाे संक्रमणमध्य अझै १ लाख ७ हजार बढिमा संक्रमण सक्रिय देखिएकाे छ ।

विश्वकै दाेस्राे संक्रमित रहेकाे सपेनमा २ लाख ८ हजार ३८९ मा काेराेना संक्रमित हुदा २१ हजार ७१७ जनाले ज्यान गुमाएका छन । संक्रमणकाे सुरुवाती चपेटा झेलेकाे चीनमा हालसम्म ८२ हजार ७९८ मा संक्रमण हुदा ९५९ जनामा मात्रै संक्रमण सक्रिय रहेकाे छ । चीनमा हालसम्म मर्नेको सङ्ख्या ४ हजार ६ सय ३२ रहेको छ ।

फ्रान्समा २१ हजार ३४० र युकेमा १८ हजार १०० जनाले काेराेनाका कारण ज्यान गुमाएका छन ।

विश्वभरि फैलिएको काेराेना नेपालमा हालसम्म ४५ जनामा संक्रमण पुष्टि भएकाे छ । ७ जनाले स्वास्थ्य लाभ गरिसकेका छन ।