एन्फाद्धारा नेपालमा रहेका विदेशी खेलाडीलाई आवश्यक राहत उपलब्ध

everest kitchen
photo: goalnepal

काठमाडौं । नेपाल फुटबल संघ “एन्फाले नेपालमा रहेका विदेशी खेलाडीहरुलाई आवश्यक राहत सामाग्री प्रदान गरेको छ।

एनफाले नेपालमा रहेर विभिन्न क्लबमा आवद्ध रहेर खेलिरहेक विदेशी खेलाडीहरुलाई दैनिक उपभाेगिय सामाग्री प्रदान गरेकाे हाे । लकडाउनकाे कारण ती खेलाडीहरुले पनि समस्या झेल्नुपरेको थियाे ।

एन्फा अधिकारीहरूकाे एक टाेलिले एन्फाकाे “एम्बुलेन्स” प्रयाेग गरेर ती विदेशी खेलाडीहरूलाई राहत प्रदान गरेकाे गाेलनेपाल उल्लेख गरेकाे छ ।

विश्वव्यापी महामारीकाे रुपमा फैलिएको काेराेनाभाईरस विरुद्ध लड्न नेपाल अहिले पूर्ण लकडाउनमा रहेकाे छ । लकडाउनले गर्दा खेलाडीहरुमा प्रत्येक्ष ठुलो असर परेकाे छ ।