प्रधानमन्त्री ओलीले मन्त्री परिषदकाे बैठक बाेलाए

everest kitchen
Photo:file

काठमाडौं । सरकारले जारी गरेको दल विभाजन र संवधानिक परिषद्सम्बन्धी दुई अध्यादेशको चर्को आलोचनाका साथै त्यसलाई खारेज गर्नुपर्ने दबाब बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

सरकारले ल्याएकाे उक्त दुई अध्यादेशको चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपालसंगकाे छलफलमा अध्यादेश खारेज गर्ने आश्वासन दिएका थिए ।

भैँसेपाटी स्थित नेकपाका शीर्ष नेताहरुको बैठकले तत्कालै अध्यादेश फिर्ता हुनुपर्ने निष्कर्ष निकालेको थियो ।

स्राेतका अनुसार हिजै राष्ट्रपति संग भेट गरेका प्रधानमन्त्री ओलीले मन्त्रीहरुसंगकाे छलफल पछि अध्यादेश फिर्ता लिने वा कायम गर्ने भन्ने ओलीले टुङ्गो लगाउने बुझिएको छ।

प्रधानमन्त्री ओलीनै समाजवादी पार्टी फुटाउन सांसदलाई नै अपहरण गरेको समाचार आएपछि यतिबेला सरकार थप आलोचित बन्न पुगेको छ ।